
स्याङ्जा, १० चैत्र । मुक्तिनाथ विकास बैंक ले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ स्थित विद्यालयहरूमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।
बैंकले मंगलबार श्रवण माध्यमिक विद्यालय का ८४ जना विद्यार्थी र पाणिनी आश्रम पाणिनी संस्कृत गुरुकुलम मा अध्ययनरत १६ जना बटुकलाई विद्यालय झोला वितरण गर्नुका साथै गुरुकुलमलाई एक सेट कम्प्युटर समेत हस्तान्तरण गरेको हो। यससँगै बैंकले कुल १०० जना विद्यार्थीलाई प्रत्यक्ष लाभ पुग्ने गरी सहयोग गरेको जनाएको छ।

सामग्री हस्तान्तरण कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य भरत प्रसाद लम्साल ले बालबालिकाको शैक्षिक मनोविज्ञान विकास र अध्ययनप्रति उत्साह अभिवृद्धि गर्ने उद्देश्यले सहयोग गरिएको बताए। उनले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य तथा बैंकिङ क्षेत्रमा निरन्तर रूपमा कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे।
कार्यक्रममा बैंकका क्षेत्रीय उपप्रबन्धक ऋषीनाथ ढकाल, पञ्चमुखी बचत तथा ऋण सहकारी संस्था का अध्यक्ष सूर्य लामिछाने तथा गुरुकुलमका प्रधानाध्यापक देविसरा काफ्ले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रम चुडामणि शर्मा को अध्यक्षतामा सम्पन्न भएको थियो भने श्रवण माविमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन केसी ले अध्यक्षता गरेका थिए।