स्याङ्जा, ११ जेठ । स्याङ्जा जिल्ला अस्पतालको ब्लड बैंकमा रगतको अभाव भइरहेका बेला स्वतन्त्र विद्यार्थी युनियन, त्रिभुवन आदर्श बहुमुखी क्याम्पसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखाको प्राविधिक सहयोग र ने.वि.संघ त्रिभुवन आदर्श क्याम्पसको सहजीकरणमा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रमको उद्घाटन पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मीले गरेका थिए।
स्ववियु सभापति देवदत्त सुवेदी ‘गोपी’ का अनुसार रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले गरिएको कार्यक्रममा विद्यार्थी, स्थानीय युवा तथा समाजसेवीहरूको सक्रिय सहभागिता रहेको थियो।