स्याङ्जा, वैशाख २३ – पुतलीबजार नगरपालिका रोजगार शाखाको समन्वयमा तथा नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति, भैंसेपाटी, ललितपुरको आयोजनामा किचन हेल्पर तालिम पुतलीबजार नगरपालिकामा सुरु भएको छ।
वैशाख २३ गते मंगलवारदेखि सुरू भएको तालिम १६० घन्टा को रहने छ । आधारभूत तथा सीप अभिवृद्धि तालिम कस्मोपोलिटन कन्सलटेन्ट एण्ड टेक्निकल एजुकेशन प्रा.लि. बुद्धनगर–१०, काठमाडौं मार्फत प्रदान गरिनेछ।
उक्त तालिम कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख आतिथि पुतलीबजार नगरपालिकाका नगर प्रमुख श्री तुलसीराम रेग्मीले उद्घाटन गर्दै सहभागीहरुलाई शुभकामना व्यक्त गरेका थिए । नगरप्रमुख रेग्मीले यस्ता सीपमूलक तालिमहरुले युवाहरुलाई स्वरोजगारतर्फ अग्रसर गराउने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा उपप्रमुख श्री देवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत श्री धर्मराज ढुंगाना तथा नगर रोजगार संयोजक श्री लक्ष्मी शर्मा विशेष उपस्थिति रहेको थियो ।
तालिम प्रशिक्षकको रुपमा रोशन बस्यालले तालिम दिनेछन । कार्यक्रमको सञ्चालन तालिम संयोजक श्री कमल प्रसाद भट्टराईले गरेका थिए ।
आयोजक पक्षका अनुसार तालिमबाट सहभागीहरुले होटल तथा भोजन व्यवस्थापन सम्बन्धी आधारभूत सीप सिक्नेछन, जसले उनीहरूलाई रोजगार तथा स्वरोजगारमा टेवा पुग्ने अपेक्षा गरिएको छ। तालिममा २० जना महिला र २० जना पुरूष सहभागी हुनेछन ।