स्या्ङ्जा ६ चैत्र । स्याङ्जाको चापाकोटमा आज विहान आगलागीवाट १६ वटा वाख्रा र ५० वटा कुखुरा जलेर मरेका छन् । चापाकोट नगरपालिका वाड नं ५ सिम स्थित होमवहादुर आलेको टिनले छाएको वाख्राको खोरमा विद्युत सट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
विहान आगलागी भएको जानकारी प्राप्त भएलगत्तै स्थानीय र प्रहरीले घटनास्थलमा पुगेर आगो नियन्त्रण गरेको र आगलागीवाट दुई लाख पचास हजार वरावरको क्षती पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी इन्द्रवहादुर रानाले जानकारी दिए ।