स्याङ्जा, ११ असार ।
बसौं, बसौं लाग्ने गाँउ र शहर, समुन्नत र समृद्ध गल्याङ नगर भन्ने अभियान सहित गल्याङ नगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नगर प्रमुख गुरुप्रसाद भट्टराईद्वारा सभामा पेश गरिएको नीति तथा कार्यक्रम आगामी आर्थिक वर्षका लागि बजेटका उद्देश्य तथा प्राथमिकतामा स्थानीयस्तरमा उपलब्ध स्रोत साधनको अधिक उपयोग तथा उपलब्धताको उच्चतम परिचालन गरी विकासको गतिलाई तीव्र बनाउने, आर्थिक सामाजिक, भौतिक पूर्वाधार क्षेत्रको विकासमा जोड दिने, विकास, सुशासन र समृद्धि हासिल गर्न संघीय सरकार प्रदेश सरकारसँगको सम्बन्ध बलियो बनाउने रहेको छ ।
आगामी आर्थिक वर्षका लागि पेश गरिएको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ, कृषि र पूर्वाधार विकासमा विशेष जोड दिइएको छ । शिक्षा क्षेत्रको विकासका लागि निश्चित सुचकका आधारमा नगरभित्रका आधारभुत तह र माध्यमिक तह सञ्चालित १÷१ वटा विद्यालयहरुलाई नगर नमुना विद्यालयका रुपमा विकास गरिने, एक विद्यालय एक योग गुरु बनाउन योगा प्रशिक्षक प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गरिने नगर प्रमुख भट्टराईले सभामा पेश गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नगरका सबै स्वास्थ्य संस्थामा सुरक्षित मातृत्व तथा सूरक्षित शिशु जन्मका लागि वर्थिङ्ग सेन्टरको निर्माण गरि गुणस्तरीय सेवा प्रवाह गर्ने, गल्याङ नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने, गर्भवती र सुत्केरी महिलालाई निशुल्क पोषणयुक्त आहार र सरसफाई समाग्री वितरण गर्ने कार्यक्रम रहेको नगर प्रमुख भट्टराईद्वारा पेश गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
कृषि क्षेत्रको विकासका लागि दुधमा दिइदै आएको अनुदानमा प्रती लिटर रु १५ कार्यक्रमलाई निरन्तता दिइएको छ । दुध र बाख्रा र मासुको उत्पादनमा हाल को भन्दा दोब्बर बढाइने छ, दुधबाट खुवा÷ छुर्पी लगायत बिबिधिकरण गरिने छ । निर्यातमुखी बनाइने छ । पशु बिमा, ब्याज अनुदान कार्य निरन्तरता दिइनेछ, नगरपालिका पशुपंछीमा पुर्ण खोप कार्यक्रम संचालन गरिने कार्यक्रम रहेको छ ।
माछा पालनमा पकेट क्षेत्रको रुपमा विस्तार गरिने, वैदेशिक रोजगारबाट फर्किएका युवाहरुले गरेको पशुपालन व्यावसायमा प्रोत्साहन गर्दै नयाँ व्यवसाय सन्चालन गर्न प्रोत्साहित गरिने कार्यक्रम रहेको छ । नगरपालिकाले हालको आलु उत्पादनलाई आगामी वर्ष दोव्वर वनाईने छ । विउ आलुको विक्रि वितरण क्षेत्र विस्तार गरी विक्रिवाट कृषकको आम्दानी समेत दोव्वर बनाउने योजना रहेको नगर प्रमुख भट्टराईले जानकारी दिए ।
पूर्वाधार बिकास मा उर्जा, सडक, पुल भवन, शहरी बिकास , ढल निकास को लागि प्राथमिकता दिइएको छ । खाने पानी को लागि एक घर एक धाराको अभियानलाई निरन्तरता, त्यसै गरी पर्यटन, भाषा, संस्कृति संरक्षणका कार्यक्रमहरु, यूवा तथा खेलकुद क्षेत्रको विकास सूचना प्रबिधी ,बन बाताबरण तथा बिपत ब्यबस्थापन ,सस्थागत बिकास सेवा प्रबाह सुशासन लगायतका विषयहरु समेत समावेश गरिएको छ ।
विभिन्न स्थानहरुमा वाईफाई फ्री चौतारी र खुल्ला ब्यायामशाला निर्माण आगामी दुई वर्ष भित्र वडाका केन्द्रलाई कालोपत्रे सडकले जोड्ने गरि कार्यक्रम कार्यान्वयनका लागि संघ र प्रदेशसंग सहकार्य गरिने । नगरपालिका भित्रका बस्तीहरुको टोलका घरहरुको घर नम्बर समेत निर्धारण गरी तथ्याङ्किय रुपमा राखिने र सोही अनुसार कार्यक्रम बनाइने, प्रत्येक वडाका टोलटोलमा जनता संग मेयर कार्यक्रम सञ्चालन गरिे हरेक क्षेत्रको सुझाव अपेक्षा संकलन र कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
सुशासनको पक्षमा निरन्तर क्रियाशील पत्रकारहरु मध्येबाट विभिन्न विधामा प्रत्येक बर्ष १ जनालाई नगरस्तरी सुशासन पत्रकारिता पुरस्कारको व्यवस्था समेत गरिएको छ । नगर क्षेत्रभित्र एकिकृत नमुना वस्तिको विकाससंगै वस्ति व्यवस्थापनलाई गुरु योजना मार्फत व्यवस्थित गरिने समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।