स्याङ्जा- २ असार । नेपाली काँग्रेस वालिङ र गल्याङ नगर समितिको आयोजनामा आज हुने भनिएको नगर सम्मेलन स्थगित गरिएको छ ।
नेपाली काँग्रेसका नेता महाधिवेशन प्रतिनिधि शिव कुमार गिरीको गएराति सवारी दुर्घटनामा निधन भएका कारण पूर्व निर्धारित दुवै कार्यक्रम स्थगित गरिएको हो ।
वालिङ र गल्याङ नगर समितिका दुवै सभापति नेत्र प्रसाद पाण्डे र श्याम वश्यालले आफ्नो सामाजिक सञ्जाल मार्फत स्थगनको सूचना गरेका हुन् ।
कार्यक्रम नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले उद्घाटन गर्ने कार्यक्रम थियो ।
नेपाली काँग्रेसका तर्फवाट चापाकोट नगरपालिकामा पूर्व मेयर गएराति सिद्धार्थ राजमार्ग स्थित बरजामा आफ्नो निजि स्कार्पियो दुर्घटनामा गिरिको निधन भएका कारण अर्को सूचना जारी नहुँदा सम्म स्थगन भएको जानकारी दिएका छन् ।
उता आईतवार हुने जिल्ला सम्मेलन समेत स्थगन गरिएको कार्यवहाक सभापती केदार काफ्लेले जानकारी दिएका छन् ।