चापाकोट -१७, फागुन
स्याङ्जाको चापाकोट नगरपालिकाले नागरिकको स्वास्थ्य परिक्षण शिविर सन्चालनमा ल्याएको छ । नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत सबै नागरिकले सर्वसुलभ तवरवाट स्वास्थ्य सेवा पाउनुपर्ने उद्देश्यले शिविरको आयोजना गरिएको चापाकोट नगरपालिकाका प्रमुख देववहादुर खाँणले जानकारी दिए ।
चापाकोट नगरपालिकाको सबै वडाहरुमा चिकित्सकहरुको टोली पुगी शिविर सन्चालन भइरहेको छ । यही फागुन १५ गते आधारभुत स्वास्थ्य केन्द्र वाहुनडाँडावाट सुभारम्भ भएको शिविर २६ गतेसम्म सन्चालन हुनेछ ।
शिविर १६ गते वडा नं ४ मल्याङकोट स्वास्थ्य चौकी, १७ गते वडा नं ५ सेखाम स्वास्थ्य चौकी, १८ गते ६ नंवर वडाको साँखर स्वास्थ्य चौकी, १९ गते ७ नंवरको आधारभुत स्वास्थ्य सेवा केन्द्र खासा, २० गते १ नंवरको कुवाकोट स्वास्थ्य चौकी, २५ र २६ गते वाड नं १ को चापाकोट अस्पतालमा शिविर सन्चालन हुने चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनालले जानकारी दिए ।
शिविरमा चापाकोट नगर अस्पतालका चिकित्सक सहितको टोलीले स्वास्थ्य जाँच गरिएको छ । शिविरमा भिडियो एक्सरे, इसिजी, पाठेघरको मुखको जाँच, ल्याव र औषधी सहितको सुविधा प्रदान गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विन्दु कोइरालाले जानकारी दिए । शिविरवाट झण्डै २ हजार विरामीले सेवा लिने समेत उनले जानकारी दिए ।