वालिङ, ३ असोज ।
स्याङ्जाको वालिङमा सक्रिय युवाहरूको अगुवाइमा गठित नेपाल स्वयंसेवक सञ्जाल वालिङ ९ को प्रथम अधिबेशन सम्पन्न भएको छ । प्रथम अधिवेशनले गोविन्द गैह्रेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा रामप्रसाद भुसाल, सचिबमा विशाल पराजुलि (बिनोद), कोषाध्यक्षमा शिवलाल गैह्रे चयन भएका छन् ।
संजालको सदस्यहरुमा प्रेम गैह्रे ,ख्यामु भुसाल, किशान पराजुली, आनन्द गैह्रे, निमेष न्यौपाने र शान्ति गैह्रे रहेका छन् । सल्लाहाकार समितीमा निलकन्ठ गैह्रे, केदारनाथ गैह्रे, ईश्वर डुम्रे, घनश्याम डुम्रे, राजु डुम्रे र प्रेम प्रसाद पराजुली रहेका छन् ।
सामाजिक जनचेतना र विकास निर्माणमा नेतृत्वदायी भुमिका खेल्दै आईरहेको सञ्जालले वालिङ क्षेत्रमा सिर्जनात्मक र रचनात्मक काम गर्दै आईरहेको छ । अधिवेशनको उद्घाटन गर्दै वालिङ नगर प्रमुख कृष्ण खाँणले सबै युवाहरू एकजुट हुनुपर्नेमा जोड दिए । साथै अधिवेशनको सफलताको शुभकामना दिदै प्रमुख खाँणले यस नेपाल स्वयंसेवक सञ्जालले समाजमा गरेको कामले सकारात्मक भूमिका निर्वाह गरोस भन्ने शुभकामना व्यक्त गरेका थिए ।
समाज परिवर्तनमा युवाहरु नै अगाडि बढ्नुपर्ने र यो युवाको जमातले अन्य युवाहरुलाई समेत सामाजिक काममा रुचि राख्ने वातावरण सिर्जना गरेको बताए । नेपाल स्वंयमसेवक संञ्जालले नगरप्रमुख खाँणलाई महानार्थ सदस्यता समेत प्रदान गरेको छ । केदारनाथ गैह्रेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन बिशाल पराजुलीले गरेका थिए । नव निर्वाचित अध्यक्ष गैह्रेले आफूले समाज परिवर्तनका खातिर रचनात्मक कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।