५ फाल्गुन २०७८ बिहीबार | 17th February, 2022 Thu×
बलात्कारको आरोपमा एमाले सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । बलात्कारको आरोप लागेका जुम्लाका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । अदालतले मंगलबार बानियाँविरुद्ध पक्राउ पुर्जी दिएको हो ।
जुम्लाकी एक शिक्षिकाले सांसद बानियाँले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् । बानियाँले आफूलाई बाँकेको अप्सरा होटल लगी जबरजस्ती करणी गरेको महिलाको जाहेरीमा उल्लेख छ ।
जाहेरी लगत्तै अनुसन्धान थालेको प्रहरीले बानियाँविरुद्ध पक्राउ पुर्जी लिएको हो । पक्राउ पुर्जी लिएलगत्तै अब बानियाँको खोजी सुरु गरेको बाँके प्रहरीले बताएको छ ।