हिमदुत, १ भदौ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य माननीय धनराज गुरुङलाई मातृ शोक परेको छ । अर्जुनचौपारी गाँउपालिका वाड नं २ निवासी प्यारी गुरुङको ९२ बर्षको उमेरमा आज निधन भएको परिवारले जनाएको छ । स्वर्गीय गुरुङको केही समयदेखि फोक्सोमा समस्या थियो । उपचारको क्रममा पोखरा स्थित गण्डकी मेडिकल कलेजमा आज निधन भएको हो ।
उहाँका ४ छोरा तथा १ छोरी मध्ये छोरीको यस अघि नै निधन भइसकेको छ । स्वर्गीय गुरुङको गुरुङको दाहसंस्कार बौद्ध परम्परा अनुसार अर्जुनचौपारी २, लामडाँडामा भोलि मिति २०७८ भाद्र २ गते दिनको १ बजे अन्तिम संस्कार गरिने नेपाली काँग्रेस स्याङ्जाका कार्यवहाक सभापती कुमार रानाले जानकारी दिएका छन् ।