स्याङ्जा, २२ असार ।
विभिन्न मुद्दामा जिल्ला अदालत स्याङ्जाबाट सजाय पाएका २० जना फरार प्रतिवादी पक्राउ परेका छन्।
गत असार ७ गते देखि २२ गते सम्म जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहतका युनिटबाट खटिएको प्रहरी टोलीले सम्मानित अदालतको फैसलाबाट कैद तथा जरिवाना असुल उपर गर्न बांकी रहेका बिभिन्न मुद्दा जस्तै जवरजस्ती करणी , लागुऔषध, , बैदेशिक रोजगार, सवारी ज्यान नाता कायम, करकाप ,गाली वेईज्जती लगायतका बिभिन्न मुद्धामा बिभिन समयमा फैसला भई लुकिछिपि बसेका २० फरार प्रतिवादीहरुलाई पक्राउ गरी सम्मानित स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले फरार प्रतिवादीहरुलाई कानुनी कारवाहीको दायरामा ल्याई सम्मानित अदालतबाट भएको फैसलालाई कडाईकासाथ कार्यान्वयनमा ल्याउन र कैद तथा जरिवाना तोकिएको व्यक्तिहरु समाजमा रहदा शान्ती सुरक्षामा समेत चुनौती आउने र अपराध गरे पश्चात पनि बिना सजाय समाजमा रहदा अपराध गर्न प्रोत्साहित हुने हुंदा बिशेष योजना बनाई विगत २ हप्ता देखी निग्रानी गरी फरार प्रतिवादीहरुलाई जिल्ला भित्रका बिभिन्न स्थान र बाहिर जिल्लाबाट समेत समन्वय गरी पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।
२०३९ साल देखि सवारी ज्यान मुद्धामा फरार रहेका पुतलीबजार न.पा. वडा नं. ६ बस्ने बर्ष ६५ मोति प्रसाद गुरूङ, २०७० सालमा नावालिकालाई जवरजस्ती करणी मुद्धामा ५ बर्ष कैद तोकिई फरार रहेका जि। स्याङ्जा अर्जुनचौपारी गा.पा. वडा नं. २ बस्ने बर्ष ७१ को मन ब. रोकाहालगायत विभिन्न मुद्धा संलग्न भई विगत लामो समय देखि फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी सम्मानित स्याङ्जा जिल्ला अदालतमा आवश्यक कार्वाहीको लागी उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।