भवानी अधिकारी
स्याङ्जा, १९ असार । गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकारको पहिलो प्राथमिकता स्वास्थ्य भएको बताएका छन् ।
आँधीखोला गाउँपालिका ५ सेतिदोभानको आँधीखोला सामुदायिक अस्पतालको शिलन्यास गर्दै पोखरेलले गण्डकी प्रदेशमा रोगका कारण त्यसै मर्न नपर्ने बताए । नयाँ सरकार गण्डकीमा अस्तित्वमा आएसगै पहिलो निर्णयनै महिला स्तन क्यान्सर, पाठेघर क्यान्सरको उपचार प्रदेश सरकारले गर्ने निर्णण गरेको बताउदै मुख्य मन्त्री पोखरेलले दुर्गम क्षेत्रका बिरामीलाई निशुल्क अस्पताल पु¥याइने बताए ।
एक बर्षदेखि महामारीको रुपमा फैलिएको कोरोनाले बिश्वभर क्षति पु¥याएको बताउदै पोखरेलले प्रदेश सरकारले चाडो भन्दा चाडो निःशुल्क खोप प्रदान गर्ने वताए । खोप ल्याउने जिम्मा केन्द्रको भएको बताउदै मुख्य मन्त्री पोखरेलले केन्द्रले ल्याएको खोप प्रदेशले चाडो नपाएमा बिदेशी निकाय र नीजि क्षेत्रसंग समन्वय गरेर नागरिकलाई खोप पु¥याउने उनले वताए ।
प्रदेश सरकारले कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत, ६५ बर्ष भन्दा माथीका बृद्धलाई निशुल्क उपचारको ब्यवस्था गर्ने मुख्य मन्त्री पोखरेलको भनाई थियो ।
क्यान्सर, मृगौला, मृटु रोगीको जिल्लामै उपचार गर्ने गरी २५ देखी ५० शैयाको अस्पताल बताउने तयारी प्रदेश सरकारले गरेको बताउदै मुख्य मन्त्री पोखरेलले स्याङ्जाको भिरकोट अस्पतालाई ट्रमा सेन्टर बनाउन बजेट बिनियोजन गरेको बताए ।
रोग सबैको साझा शत्रु भएको बताउदै मुख्य मन्त्री पोखरेलले सबै एक भएर सामाना गर्नुको विकल्प नरहेको जिकिर गरे । बिगतको सरकारले हिजो बिकास लगायतका राम्रा समेत काम गरेको बताउदै मुख्य मन्त्री पोखरेलले पुरानो सरकारका राम्रा कामलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । खानेपानी, बिजुली बत्ति, सडक, पुललाई प्राथमिकतामा राखेर काम गर्ने बताउदै मुख्य मन्त्री पोखरेलले एक बर्ष भित्रै बर्तमान सरकारको अनुभुति दिलाउने गरी कार्य थालनी गरेको जानकारी दिए ।
सरकारको ७ करोड ६१ लखको लगानीमा निर्माण हुन लागेको अस्पताल १५ शैयाको हुने गार्डेनका संस्थापक अध्यक्ष जयराम पौडेलले जानकारी दिए । ११ रोपनीमा निर्माण हुने अस्पताल दुई बर्षमा सक्ने गरी बाबु रत्न आवा जेभी ललितपुरले दुई बर्षमा सक्ने गरी गत फेब्रुअरी २३ मा सम्झौता गरेको पौडेलले जानकारी दिए । अस्पताल निर्माण सँगै आँधीखोला गाउँपालिका, पुतलीबजार नगरपालिका ४, फेदिखोला गाउँपालिका र पर्वतको आँधीखोलासंग सिमा जोडिएका नागरिकले प्रत्यक्ष सेवा पाउने भएका छन् ।
कार्यक्रममा अस्पताल ब्यवस्थापन समितिका संरक्षक जयराम पौडेलले स्थानीय चन्दादाता र महायज्ञवाट संकलित रकमबाट अस्पताल निर्माण गरेर माथिल्ला भेगका नागरिकलाई सेवा प्रदान गर्दै आएको जानकारी गराए । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष टिकाराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव नविन ढकालले गरेका थिए ।