हिमदुत सम्वाददाता
वालिङ — स्याङ्जाको वालिङ नगरपालिकाका कृषकलाई मौरीको घार वितरण गरिएको छ। नगरपालिकामा महको उत्पादन वृद्धि गरी कृषिमा आत्मनिर्भर बनाउन कृषी विकास श्रोत केन्द्र वालिङ्ले कृषकलाई मौरीको घार वितरण गरेको हो।
मौरीपालक कृषक बढ्दै गएका कारण ३६ वटा घार वितरण गरिएको कृषि विकास श्रोत केन्द्र वालिङ्ले जनाएको छ। सम्बन्धित कृषकले सिफारिस गरि आएका कृषकलाई पचास प्रतिशत अनुदानमा उपलब्ध गराईएको हो ।
३६ वटा मौरीसहित घार वितरण गरिएको कृषी विकास श्रोत केन्द्र वालिङका प्रवन्धक सुदिप रेग्मीले बताएका छ्न । उनले भने ‘हामीले बिगतका वर्षमा घार वितरण गरेका थियौं, यो वर्षपनि फरक किसिमले कोभिडको जोखिमका कारण कृषकको घरमै लागि वितरण गर्दै यस कार्यक्रमले निरन्तरता पाएको हो।’ कृषकले ५० प्रतिशत अनुदानमा घार पाएका छन् । बजार मूल्य १० हजार पर्ने मौरी गोलासहित प्रतिघारलाई ५ हज़ारमा किसानलाई उपलब्ध गराएको हो।
मौरीपालन व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि मौरीपालन सुरु गरिएको वालिङ १ खहरेका कृषक राजु रेग्मीले बताए। ‘मौरीपालनबाट फाइदा हुन्छ व्यावसायिक रूपमा मौरी पाल्दा राम्रो आम्दानी पनि गर्न सकिन्छ।’ उनले भने। महको उत्पादन वृद्धि गर्ने मुख्य उद्देश्यले किसानलाई पनि आधारभूत तालीम दिई मौरी घारवितरण गरिएको छ ।
बर्षेनि एउटा घारबाट कम्तिमा १० देखी १५ किलो सम्म मह उत्पादन हुने कृषि विकास श्रोत केन्द्र वालिङका प्राविधिक सहायक चिरञ्जीवी पुरिले बताए ।