काठमाडौं- जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोशीमा बाढि आउन सक्ने भन्दै तटिय क्षेत्रका बासिन्दालाई सजग हुन आग्रह गरेको छ।
चीनतर्फको सिमा क्षेत्रमा भारी वर्षासँगै आएको पहिरोले नदी थुनिएको भन्दै तामाकोशीमा बाढी आउन सक्ने प्रशासनले जनाएको छ। नेपाल-चीन सिमा क्षेत्रमा बसोबास गर्ने नेपालीलाई पनि सचेत र सजग हुन आग्रह गरिएको छ।