हिमदुत सम्वाददाता
भीरकोट, २ असार ।
स्याङजा भीरकोट नगरपालिका वाड नं ४ स्थित दवुङठाँटीमा जीप दुर्घटनामा परि एक जनाको मृत्यू भएको छ भने ६ जना घाइते भएका छन् ।
बानेथोकवाट बयरघारी तर्फ आइरहेको ग १ ज ४९४० नंवरको जीप कच्ची सडकमा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । जीप सडकवाट पाँच मिटर तल खसेको थियो । जीपमा चालक सहित आठ जना सवार रहेका थिए ।
दुर्घटनामा परी भीरकोट नगरपालिका वाड नं ३ वस्ने वर्ष ३६ का गणेशजंग अधिकारीको मृत्यू भएको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा भीरकोट नगर अस्पतालमा मृत्यू भएको थियो ।
भने दुर्घटनामा अन्य जीप चालक सोही ठाँउका विकास थापा, तथा अन्य यात्रुहरु सोही ठाँउका प्रतिमा परियार, रुकवहादुर परियार र पु.व.न.पा का वर्ष २४ का दिनेश परियारलाई भीरकोट नगर अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि पोखरा रिफर गरिएको छ । भने भीरकोट ३ कै सोनी श्रेष्ठ र रेशम परियारको भीरकोट नगर अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।