स्याङ्जा – स्याङ्जाको आधिखोला गाउपालिकामा नेपाली काङ्ग्रेस आधिखोला कार्यसमितिले संचालन गरेको निशुल्क एम्बुलेन्सको लागि विपि कोइराला युवा नेतृत्व विकास मंच स्याङ्जाले आर्थिक सहयोग गरेको छ ।
नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था विपि कोइराला युवा नेतृत्व विकास मंच स्याङ्जा जिल्ला कार्यसमितिले केहि रुपैयाँ जम्मा गरि आधिखोला गाउपालिकाले संचालन गरेको निशुल्क एम्बुलेन्स सेवालाई आवश्यक इन्धन लगाएतको आवश्यक सामाग्रीका लागी खर्च गर्न भनी सहयोग रकम बुझाएको संस्थाको महासचिव ऋषि बस्यालले जानकारी गराए ।
कोरोना विरामीलाई निशुल्क अस्पताल लैजाने तथा ल्याउने काम गरेको काम प्रती विपि कोइराला युवा नेतृत्व विकास मंच स्याङ्जाका अध्यक्ष प्रकाश भुषालले नेपाली काङ्ग्रेस आधिखोला गाउपालिकालाई धन्यवाद व्यक्त गरेका थिए । साथै जरुरत परेको खण्डमा अन्य सहयोग गर्न विपि कोइराला युवा नेतृत्व विकास मंच स्याङ्जा तयार रहेको अध्यक्ष भुषलले बताए ।
यस अघिपनी विपि कोइराला युवा नेतृत्व विकास मंच स्याङ्जाले विभिन्न सामाजिक काम गर्दै आएको छ ।