हिमदुत सम्वाददाता
वालिङ, २७ जेठ ।
कोरोना संक्रमणका कारण उपचाररत विरामीहरुलाई प्राण वायुको रुपमा रहेको अक्सिजनको अभावका कारण विरामीहरुले मृत्यूवरण गर्न नपरोस भन्दै यतिवेला स्थानीय पालिकाहरुमा अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर तथा अन्य अन्य औषधी लगायतका विभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोग प्राप्त भइरहेको छ ।
विहिवार नेपाल विद्यार्थी संघका महामन्त्री युवराज पाण्डे र पूर्व केन्द्रिय सदस्य गुरुप्रसाद भट्टराई सहितको टोलीले स्याङ्जाका चारवटा स्थानीय तहमा ५ थान अक्सिजन कन्सन्ट्रेटर हस्तन्तरण गरेका छन् । नेपाल चिकित्सक संघको सहयोग तथा नेपाल विद्यार्थी संघका महामन्त्री पाण्डे र पूर्व केन्द्रीय सदस्य भट्टराईको पहलमा उक्त अक्सिजन कन्सन्ट्रेटर जिल्लाका वालिङ, गल्याङ, भीरकोट र चापाकोट नगरपालिकामा हस्तान्तरण गरिएको छ ।
वालिङ नगरपालिकामा विरामीको उच्च चाप हुने भएका कारण नगर प्रमुख दिलिप प्रताप खाँण र उपप्रमुख कल्पना तिवारीलाई दुई थान मेसिन हस्तान्तरण गरिएको छ । जिल्लाको मध्ये भागमा रहेको नगरपालिकामा अन्य पालिकाको तुलनामा अस्पतालमा उपचारको व्यवस्थापन समेत राम्रो भएको र अन्य पालिकाका नागरिकले समेत सहज निशुल्क उपचार पाइरहेको हुँदा दुई थान कन्सन्ट्रेटर मेसिन प्रदान गरिएको नेविसंघका महामन्त्री युवराज पाण्डेले वताए ।
उनले नेपाल विद्यार्थी संघ जस्तो सुकै विपतमा आफ्नो जिम्मेवारी ठानेर सरकार र जनताको पक्षमा उभिदै आएको वताउदै पाण्डेले सरकारको अनुभुति अहिले स्थानीय सरकारवाट जनताले पाएको वताए ।
सामाग्री ग्रहण गर्दै वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले कोरोनाले आक्रान्त वनाएको वेला स्थानीय संघ संस्था र नागरिकको सहयोगले स्थानीय सरकारलाई संक्रमण नियन्त्रणमा थप उत्साह थपेको वताएका छन् ।
सुरुको चरणमा संक्रमणको दर एकैपटक ह्वात्तै वढ्दा साधन स्रोतको अभावका कारण धेरै विरामी थप उपचारको लागि ठूला अस्पतालमा उपचारको प्रवन्ध मिलाउदा पनि बचाउन नसकिएको वताउदै पछिल्लो चरणमा विरामी हाम्रै आफ्नै अस्पतालवाट निको भएर फर्कन पाएकोमा सबै सहयोगी महानुभाव प्रति धन्यवाद आभार प्रकट गरे ।
कोरोनालाई सामान्य रुघा खोकी जस्तै गरी हेलचक्राई गरेका कारण पनि मानवीय क्षति पुगेको वताउदै नगर प्रमुख खाँणले विरामीहरुलाई लक्षण देखिनासाथ नगरपालिकालाई खवर गर्न समेत नागरिकलाई आग्रह गरेका थिए ।
यसैगरी विहिवारनै चापाकोट नगरपालिकालाई एक थान नगर प्रमुख शिवकुमार गिरीलाई, भीरकोटमा नगर प्रमुख छाँयाराम खनाललाई र गल्याङमा नगर प्रमुख भुपराज अधिकारीलाई एक एक थान अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको थियो ।
वालिङमा नेपाली कांग्रेसका क्षेत्र नं -२ प्रदेश क का सभापति अर्जुन प्रकाश अर्याल, क्षेत्रीय सचिव दामोदर लम्साल, गल्याङ-१० का वडा अध्यक्ष ध्रुब पंगेनी, भीरकोट ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृण्ण सिग्देल, प्रेस युनियनका सभापति प्रदिप कोईराला, तरुण दल र नेविसंघका नगर सभापतिहरु लगायतको उपस्थिति थियोे ।
यसैगरी चापाकोटमा कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख बिन्दु कोइराला, नेपाली कांग्रेसका नगर सभापति रामचन्द्र पंगेनी,सचिव उत्तम आचार्य, नेताहरू मणि पाठक , टुकराज पाठक,नेपाल तरुण दलका नगर अध्यक्ष-धिरज खाण, नेविसंघका नेताहरु महेश डोटेल,सविन डोटेल,सुवास आचार्य लगायतको उपस्थिति रह्यो ।
भिरकोटमा नगरपालिकाका प्रमुख छायाराम खनाल र उपप्रमुख सिमा कर्माचार्यलाई हस्तान्तरण भयो र कार्यक्रममा नगर सभापति तोयनाथ अर्याल, ५ नं वडा अध्यक्ष यमप्रसाद अधिकारी९लक्ष्मण०, तरुण अध्यक्ष राजकुमार गुरुङ लगायतको उपस्थिति थियोे ।
त्यसैगरी गल्याङ नगरपालिकामा प्रमुख भुपराज अधिकारीलाई हस्तान्तरण गरे। प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, नेपाली कांग्रेसका महासमिति सदस्य श्याम प्रसाद बस्याल, वडा नं (३ का अध्यक्ष महेश भट्टराई, नेपाल महिला संघकी क्षेत्रीय सचिव हेमा न्यौपाने, ४ नं का वडा सभापति ढाकाराम न्यौपाने , तरुण नेता राजेन्द्र भट्टराई, नेविसंघका नेताहरु प्रकाश भुषाल,खगेन्द्र भण्डारी, रिसि बस्याल लगायतको उपस्थिति रहेको थियो ।
सामग्री उपलब्ध गराउने संस्था नेपाल चिकित्सक संघ , सहजीकरण र समन्वय गर्ने पुर्व मन्त्री गगन थापाका प्रमुख सल्लाहकार प्रताप पैडेल र सामग्री काठमाडौं देखी जिल्ला सम्म ल्याउने नेविसंघका नेता नारायण पाण्डेय लगायतलाई अभियन्ताहरुले विशेष धन्यवाद दिए।
सामग्री वितरण अभियानमा महामन्त्री पाण्डेय, पुर्व केन्द्रीय सदस्य गुरु भट्टराई, भिरकोट (५ का वडा अध्यक्ष याम प्रसाद अधिकारी लक्ष्मण०, नेवि संघ स्याङ्जा -काठमाण्डौको सम्पर्क समितिका सभापति ई. दिपेन्द्र क्षेत्री, नेविसंघका केन्द्रीय नेता नारायण पाण्डे, क्षेत्रिय सभापति विश्वास लम्साल लगायत थिए।