पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । बिहीबार मुख्यमन्त्री गुरुङको पक्ष्मा २७ मत खसेपछि उनी पदमुक्त भएका हुन् ।
सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्रीको पक्षमा २७ मत, विपक्षमा ३० मत, १ जना सांसद मतदानमा सहभागी नभएको सुनाए ।
प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्मन्त्री नियुक्त भएका गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत मागेका थिए ।
मतदानमा प्रदेश का युवा तथा खेलकुदमन्त्री दीपक मनाङे अनुपस्थित भए । त्यस्तै राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ रहेका थिए ।
नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका सांसदहरु पियारी थापा र खिमबिक्रम शाहीले भने विपक्षमा मतदान गरेका थिए ।
अब गण्डकीमा संविधानको धारा १६८९५० अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।