हिमदुत सम्वाददाता
वालिङ, २३ जेठ ।
नेपाली काँग्रेस अर्जुनचौपारी वडा नं ४ वडा समितीको समन्वयमा आर्थिक संकलन गरी ज्याला मजदुरी गर्ने, घरमा अन्नको जोहो गर्न नसक्ने विपन्न परिवारलाई अवस्था र परिवार संख्या हेरेर राहत वितरण गरिएको छ । समितीले पालिकाका झण्डै १ सय ५० परिवारका लागि राहत सामाग्री वितरण गरिएको वडा कार्य समितीले जनाएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमका कारण लामो समयसम्म निषेधाज्ञाका कारण दैनिक ज्लाला मजदुरी गरेर छाक टार्र्ने परिवार, भिन्न क्षमता भएका व्यक्ति, अशक्त र एकल महिलाहरुका लागि नेपाली काँग्रेस वडा समितीले अर्जुनचौपारीवासी, स्थानीय व्यापारी तथा काठमाण्डौ पोखरा लगायतका ठाँउमा बसोवास गर्ने नेता तथा कार्यकर्ताहरु संग सहयोग जुटाई राहत सामाग्रीको व्यवस्था गरिएको वडा समितीका अध्यक्ष बेल प्रसाद गुरुङले जानकारी दिए ।
संक्रमणको जोखिमका विच पनि विभिन्न स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी स्थानीय प्रहरी र जनप्रतिनिधिसंग समन्वय गरी राहत वितरण गरिएको अर्जुनचौपारी दलित संघका सचिव दिपक सुनारले जानकारी दिए । दलित वस्ती वढी भएको उक्त ठाँउमा प्रायजसो दैनिक ज्यालादारीमा काम गरी परिवारको छाक टार्र्ने परिवार भएकाले पार्टीले गरेको यो सहयोगले यहाँका स्थानीयलाई राहत महशुस भएको सुनारले वताए ।
राहत वितरण अध्यक्ष बेल प्रसाद गुरुङको संयोजकत्वमा गरिएको थियो । नेपाल महिला संघ अर्जुनचौपारी गाउँपालिका सभापति सपना गुरुङले कोरोनाका कारण काम नगरी बसेका परिवारमा दैनिक गुजारा चलाउन गाह्रो भएका परिवारका लागि यो सहयोगले निकै सहजता पुगेको वताइन ।
राहत बितरण कार्यक्रममा समाजसेवी भुवनसिङ गुरुङ, उम्बसिंह गुरुङ, डिल बहादुर गुरुङ, दुर्गा बहादुर नेपाली । कार्यक्रमको सहजीकरण कुमार सुनुवारले गरेका थिए ।