काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले नेपालको तराई क्षेत्रलाई मरुभूमि बनाउन लागेको बताएका छन् । बुधबार ट्वीट गर्दै प्रचण्डले मरुभूमि बनाउन लागेको बताएका हुन् ।
प्रचण्डले हालै ल्याएको बजेटमार्फत नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने निर्णय गरेकोमा आपत्ति जनाएका हुन् ।
‘असंवैधानिक सरकारले बजेटमार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने’ नाममा कुर्सी बचाउने र तराइलाई मरुभूमिकरण गर्ने राष्ट्र र जनविरोधी निर्णय तुरुन्त खारेज गरियोस्’ प्रचण्डले ट्वीट गरेका छन् ।