काठमाडौँ । चीन सरकारले अनुदानस्वरुप प्रदान गरेको भेरोसेल भ्याक्सिन मंगलबार दिउँसो काठमाडौं आइपुगेको छ ।
चीन सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको परामर्शपछि प्रदान गर्ने घोषणा गरेको १० लाख डोजमध्ये नेपाल एयरलाइन्सको विमानले मंगलबार बेइजिङबाट ८ लाख डोज भ्याक्सिन ल्याएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले ल्याइएको खोप ६० देखि ६५ वर्ष उमेर समूहलाई लगाइने जनाइएको छ ।