हिमदुत,,स्याङ्जा –नेपाली काङ्ग्रेसका नेता मोहन पाण्डेको पहलमा सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबा सडक खण्डमा सुरुङ्ग मार्गको लागि टेण्डर आव्हान गरेका थिए । 1
प्रतिनिधि सभाको वैठकमा पाण्डेले सरकारका नेताहरु पटक पटक सिद्धबाबाको बाटो ओहोर दोहोर गर्नु भएको छ तर कसैको ध्यान सडकमा गएको छैन भनेका थिए ।
उनले सदनको वैठकमा सरकारसँग पैसा ठूलो कुरो होइन सरकार ज्यान जोगाउने कुरामा लागि परोस भन्दै सिद्धबाबा सडक निर्माणको लागि आग्रह समेत गरेका थिए ।
हेरौं यो भिडियो :
उक्त सडक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का आह्वान गरेको हो । जेठको २४ गतेसम्म ठेक्काको लागि निवेदन दिन सकिने सूचनामा उल्लेख छ ।दुई लेनमा बन्ने सुरुङको लम्बाइ ११ सय २७ मिटर हुनेछ ।
यस्तै सुरुङभित्र कुनै समस्या भएमा बाहिरी सडकसँग लिङ्क गर्नको लागि तीन वटा सहायक सुरुङ हुनेछन् । सहायक सुरुङ डेढदेखि दुई सय मिटरसम्म लामा हुनेछन् ।
सिद्धबाबाको सुरुङमार्ग ११ सय २७ मिटर लामो हुने भए पनि त्यहाँ संरक्षण र पहिरो रोकथामको लागि धेरै काम गर्नुपर्ने भएकाले २८ सय मिटर क्षेत्रमा काम गर्नुपर्ने देखिएको सडक विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालले जानकारी दिए । सिद्धबाबा क्षेत्रमा निक्कै अप्ठ्यारो पहाड भएकाले सुरुङ निर्माणसँगै पहिरो रोकथाम र संरक्षणको काम पनि उत्तिकै चुनौतीपूर्ण रहेको नेपालको भनाइ छ ।