काठमाडौं । विपक्षी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपा उपेन्द्र समूहका नेताबीचको सहकार्यलाई जारी राख्ने निर्णय गरेका छन् ।
शुक्रबार बिहान देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले तीन दलीय गठबन्धन र सहकार्य कायमै राख्ने निर्णय गरेका हुन् । शीर्ष नेताबीच भएको डेढ घण्टा लामो छलफलमा प्रधानमन्त्री ओलीका सम्भावित कदमबारे समिक्ष गर्दै आगामी दिनमा पनि सहकार्य जारी राख्ने सहमति गरेका हुन् ।
काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको छलफलमा सभापति देउवासहित माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुको सहभागिता थियो । प्रधानमन्त्री नियुक्तिमा बहुमत जुटाउन असफल भएको गठबन्धनका नेताहरुले ओलीले बहुमत प्राप्त गर्न नसक्ने अवस्था आएमा फेरी संसद विघटन गर्न सक्ने तर्फ छलफल भएको एक नेताले बताए ।
यस्तै, शीर्ष नेताबीच भएको छलफलमा बहुमत जुटाउन नसक्नुको आन्तरिक तथा बाह्य कारण, संविधानमा व्यवस्था भएको धारा ७६(५) को प्रयोग, कोरोना महामारी लगायत विषयमा समिक्षा भएको बुझिएको छ ।