काठमाडौँ– कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई अक्सिजनको सपोर्टमा राखिएको छ।
उनीहरुमा स्वासप्रश्वासको समस्या नहोस् भनेर अक्सिजनको सपोर्टमा राखिएको नर्भिक अस्पतालले जानकारी दिएको छ।
उनीहरु शनिबार दिउँसो अस्पताल भर्ना भएका थिए।
पूर्वराजा दम्पतीसँगै अस्पताल भर्ना भएकी छोरी प्रेरणा शाहलाई भने अक्सिजन दिनु नपरेको अस्पतालले जनाएको छ।
तीनै जनाको अवस्था सामान्य र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। भारतको हरिद्वारमा महाकुम्भमा सहभागी भएर फर्केका पूर्व राजदम्पतीलाई संक्रमण पुष्टि भएको थियो।