नेपालगञ्ज – बाँकेमा कोरोना संक्रमितले आत्महत्या गरेका छन्।
कोहलपुर नगरपालिका वडा नम्बर ९ का ६० वर्षीय बमबहादुर खत्रीले घरमै झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय, कोहलपुरले जानकारी दिएको छ।
खत्रीलाई वैशाख ३ गते कोरोना पोजिटिभ भएको थियो। खत्रीको अवस्था सामान्य थियो। अवस्था सामान्य भएकाले उनी होम आइसोलेसनमा बसेका थिए।
कोरोना संक्रमित भएकाले घरकै एउटा कोठामा बसेका खत्रीले शनिबार राति पौने ७ बजे झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ।
घरका मान्छेले झुण्डिएको देख्ने बित्तिकै डोरी काटेका थिए। त्यतिबेलासम्ममा खत्रीको मृत्यु भइसकेको थियो।