काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक दिउँसो १ बजे पार्टी कार्यलय पेरिसडाँडामा बस्दैछ। आजको बैठकमा संसद अधिवेशन अन्त्य, सरकारलाई दिएको समर्थन फिर्ता तथा आगामी रणनीतिको विषयमा छलफल हुने केन्द्रीय कार्यलयको सचिव श्रीराम ढकालले जनाएका छन् ।
सोमबार बोलाइएको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले हठात अधिवेशन अन्त्य भएको पत्र सभामुख अग्नि सापकोटालाई पठाएपछि अन्य दलसंग छलफल गर्न भन्दै माओवादीले बैठक स्थगित गरेको थियो । माओवादीले नेपाली कांग्रेस र जसपासंग मिलेर प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेको छ ।