काठमाडौं । चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको शुभारम्भ गर्ने भएकी छिन् । काठमाडौंमा एक समारोह नै आयोजना गरेर पानी वितरणको औपचारिक सुरुआत गर्न लागिएको हो ।
खानेपानी मन्त्रालयका अनुसार भृकुटीमण्डपमा २४ घण्टा नै पानी खस्ने गरी ढुङ्गेधारा बनाएर मेलम्चीको खानेपानी वितरण औपचारिक रुपमा सुरुआत गरिनेछ । सर्वसधारणले निःशुल्क पिउन मिल्ने गरी भृकुटीमण्डपमा अहिले ३ वटा धारा बनाइँदैछ ।
गत चैत १५ गतेबाट नै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले काठमाडौंमा मेलम्चीको पानी वितरण गर्न थालेको थियो ।