काठमाडौं । निरन्तर केन्द्रीय कमिटी र संसदीय दलको बैठक बहिस्कार गर्दै आएको माधव समूहले शुक्रबार बस्ने संसदीय दलको बैठकमा सहभागी हुने भएको छ । शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा माधव पक्षका सांसदहरुसमेत सहभागी हुने भएका छन् ।
माधव समूहका एक जना सांसदले बताए अनुसार यस अघिको बैठकमा भेला भएकाले सहभागी हुन नपाए पनि आजको बैठकमा जाने बताएका छन् ।
आजको बैठकमा तीनवटा विषयमा छलफल हुने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइले जानकारी दिए । उनका अनुसार संसद बैठक प्रभावकारी बनाउने, सांसदहरुलाई विकास निर्माणका योजनाहरु कसरी पेश गर्ने भन्ने तरिका सिकाउने र दललाई एकढिक्का बनाउने विषय छलफलका एजेण्डा तय भएका छन् ।