बारा । कोल्हवी नगरपालिका–१० स्थित चौधरी इँटा उद्योगमा काम गर्ने भारत बिहार राज्य पूर्वी चम्पारण मोतिहारी ग्राम पञ्चायत बसवरिया–६ बस्ने २६ वर्षीय हरिकिशोर महतोको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ ।
मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाईते भएका महतोको एनएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।