वालिङ-११ फागुन ।
वालिङ नगरपालिकाले आयोजना गरेको समृद्ध राष्ट्र निर्माणका लागि युवाका विचारहरू लेखन प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने वालिङ १४ कि स्नेहा डुम्रे, दित्तिय स्थान सोही वडाकी आशिषा खनाल र तितृय स्थानमा पनि सोही वडाकी अपेक्षा खनाल रहेका छन ।
कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले यस्ता कार्यक्रमले विद्यार्थीहरूको क्षमता विकासमा टेवा पुर्याउने वताए । विद्यार्थीहरूलाई शब्द चयनमा ध्यान दिन आग्रह गरेका छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई रू ५ हजार नगद तथा प्रमाणपत्र, दित्तिय हुनेलाई नगद रू ३ हजार र प्रमाणपत्र र तितृय हुनेलाई नगद रू २ हजार र प्रमाणपत्र पुरस्कार रहेको थियो । पुरस्कार वितरण समारोहमा वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँण, उप प्रमुख कल्पना तिवारी, प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई, मुल्याङ्कन समितिका सदस्यहरू भरत वगाले र युक्तवहादुर वोगटी लगायत नगरपालिकाका वडाध्यक्ष, कार्यपालिका सदस्यहर, र कर्मचारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रम वालिङ नगरपालिकाका शिक्षा शाखा प्रमुख वावुराम सापकोटाले कार्यक्रम सन्चालन गरेका थिए ।