हिमदुत,स्याङ्जा – नेपाली काङ्ग्रेसका नेता एव प्रतिनिधि सभा सदस्य मोहन पाण्डेले सामाजिक संजाल मार्फत प्रतिगमनकारिको पराजित र आम जनताको जित भएको बताएका छ्न ।
पाण्डेले नेपाली कांग्रेस पार्टी र अन्य सबै राजनीतिक दलका शिर्ष नेताहरू गम्भीरतापूर्वक हातेमालो गर्दै संसदीय अभ्यासमा महत्त्वपूर्ण भुमिका निर्बाह गर्न अनुरोध गर्दै सर्वोच्च अदालत प्रती सम्मान व्यक्त गरेका छ्न ।
पाण्डेले संजाल मार्फत यस्तो लेखेका छ्न :
सम्मानित सर्बोच्च अदालतको निर्णयले संविधानसभा मार्फत जारी संविधान र हाम्रो संविधानको ढाँचा अनुसारको लोकतन्त्र मजबुत हुनेछ ।प्रतिगमनकारी हरु पराजित र आम जनताको जित भएको छ ।राजनीतिक स्थिरता र मुलुकको सम्पन्नताका निम्ति यो निर्णय ऐतिहासिक हुनेछ ।नेपाली कांग्रेस पार्टी र अन्य सबै राजनीतिक दलका शिर्ष नेताहरू गम्भीरतापूर्वक हातेमालो गर्दै संसदीय अभ्यासमा महत्त्वपूर्ण भुमिका निर्बाह गर्नुहुनेछ भन्ने बिस्वासका साथ सर्बोच्च अदालतका प्रति हार्दिक सम्मान प्रकट गर्दछु ।