
चैत्र ३, स्याङ्जा ।
वालिङ बजारमा मंगलबार बिहान वित्तीय सचेतनाका लागि प्रभातफेरि कार्यक्रम गरिएको छ। बैंकर्स क्लब वालिङको आयोजनामा “ग्लोबल मनी वीक” अन्तर्गत कार्यक्रम सम्पन्न भएको हो।
पतञ्जली योगपिठबाट सुरु भएको प्रभातफेरि बजार घुम्दै मुक्तिनाथ विकास बैंक अगाडि पुगेर कोणसभामा परिणत भएको थियो। सहभागीहरूले “पैसा बचत गरौँ” र “आम्दानी अनुसार खर्च गरौँ” जस्ता सन्देश बोकेका प्लेकार्ड प्रदर्शन गरेका थिए।
कार्यक्रममा मुक्तिनाथ विकास बैंकका पूर्व सिईयो भरतराज ढकालले यस्ता कार्यक्रमले मानिसहरूलाई बचत र सही खर्च गर्न सिकाउने यद्देश्य रहेको वताए । त्यसैगरी शिखर इन्स्योरेन्सका शंकर सुवेदीले बीमा आर्थिक सुरक्षाका लागि महत्वपूर्ण हुने भएकाले यसबारे जनचेतना आवश्यक रहेको बताए ।
“ग्लोबल मनी वीक” चैत २ देखि ८ गतेसम्म मनाइँदै आएको विश्वव्यापी कार्यक्रम हो। यसले विशेषगरी बालबालिका र युवालाई पैसाको सही प्रयोगबारे सिकाउने लक्ष्य राखेको छ।
कार्यक्रम बैंकर्स क्लब वालिङका अध्यक्ष नविन काफ्लेको अध्यक्षतामा सम्पन्न भएको हो। भने कार्यक्रम क्लवका सचिव मणि वश्यालले गरेका थिए ।