
गल्याङ ३१ असार । गल्याङ नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ लाई ‘रोजगारीको वर्ष’ को रूपमा घोषणा गर्दै स्थानीयस्तरमै रोजगारी र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यका साथ मालुङ्गा अचार उत्पादनको थालनी गरेको छ।
नगरपालिकाको रोजगार शाखाको संयोजनमा सुरुवाती चरणमा मालुङ्गा अचार उत्पादन गरि बजारमा पठाइएको छ। अबदेखि मालुङ्गाको अचारलाई गल्याङको ब्रान्ड उत्पादनको रूपमा विस्तार गर्दै देशका विभिन्न बजारसम्म पुर्याउने लक्ष्य लिइएको रोजगार शाखा प्रमुख खगेन्द्र भण्डारीले जानकारी दिए ।
नगर प्रमुख गुरु प्रसाद भट्टराईले यस अभियानले महिलाहरूलाई घरमै उत्पादन संग जोडेर आत्मनिर्भर गराउने विश्वास लिईएको वताएका छन् । यस्ता शिपमुलक तालिमले महिलाहरूलाई घरमै आम्दानीको स्रोत बनाउने अवसर प्रदान गर्ने जनाएका छन् ।
योजना अनुसार यो अभियान पालिकाको अन्य वडामा पनि विस्तार गरिँदैछ। प्रत्येक टोलमा आवश्यक उद्यम विकास तालिम सञ्चालन गरिने र तिनलाई व्यावसायिक बनाउने गरी कार्यक्रम अघि बढाइने जनाइएको छ।