वालिङ, जेठ ४ । वालिङ नगरपालिकाभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरूमा देखा परिरहेका समस्या र अन्योलताका कारण सहकारीहरू मर्कामा परेका छन्।
कर्जाको सामा व्याज भुक्तानीमा आएको समस्या प्राय अधिकांश सहकारीमा देखिएपछि समस्याको समाधानको माग गर्दै उनीहरूले वालिङ नगरपालिकाको सहकारी विभागमा औपचारिक अनुरोध पत्र बुझाएका छन्।
सहकारीकर्मीहरूले पेश गरेको अनुरोध पत्रमा बल्झिँदै गएको सहकारी समस्याले दैनिक कामकाजमा असर पारेको छ र सम्बन्धित निकायको ध्यानाकर्षण जरुरी रहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ। उनीहरूका अनुसार सहकारी संस्थाहरूमा हरेक समस्याको समाधान हुन्छ नै । समस्या जहाँबाट उत्पन्न भयो, त्यसको निदान पनि त्यही नै खोज्नु पर्छ जस्तो हामीलाई लागी सहकारी समस्याको समाधानकाे पहल गर्न नगरपालिका समक्ष अनुरोध गरिएको उल्लेख छ ।
“नगरपालिकावाट सहकार्य गर्दै कानुनी प्रक्रिया अपनाएर समस्या समाधान गरियोस् भन्ने अपेक्षा लिएका छौ” सहकारीकर्मीहरूको भनाई छ ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेम नारायण काफ्लेले प्राप्त निवेदनको अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्। हाल नगरपालिकाभित्र दर्जनौं सहकारी संस्थाहरू क्रियाशील रहेका छन्, जसले वित्तीय सेवाका साथै कृर्षि र सामाजिक क्षेत्रमा समेत योगदान पुर्याउँदै आएका छन्।