स्याङ्जा, वैशाख ३१ । स्याङ्जा सदरमुकाम पुतलीबजारमा जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा गरिएको अनुगमनमा ११ वटा पसलहरूको निरीक्षण गरिएको हो।
जिल्ला प्रशासनका अनुसार अनुगमन टोलीले २ वटा खाद्य किराना पसल र वाकी मासु पसलहरू समेत अनुगमन गरेको थियो। अनुगमनका क्रममा केही व्यवसायहरू दर्ता नगरी सञ्चालनमा रहेको पाइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले दर्ता बिना सञ्चालन भएका पसलहरूलाई एक साताभित्र व्यवसाय दर्ता गर्न र सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिएको जानकारी दिए। अनुगमनको उद्देश्य उपभोक्ताको हकहित संरक्षण गर्नुका साथै बजारमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउन चेतनामूलक प्रयास गर्नु रहेको प्रशासनले जनाएको छ।