स्याङ्जा १५ वैशाख । वि एण्ड वि अस्पताल काठमाडौंको प्राविधिक सहयोग र कालीगण्डकी अस्पताल मिर्मीको संयोजनमा स्याङ्जामा निशुल्क प्लास्टिक सर्जरी छनोट स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
यही वैशाख १८ गते कालीगण्डकी अस्पताल मिर्मीमा शिविर सन्चालन हुनेछ । शिविरमा जन्मजात ओठ तथा तालु फाटेका, गिजामा प्वाल भएका, नाक तथा ओठ नमिलेका बिरामीहरूको स्वास्थ्य जाँच गरी छनोट गरिनेछ। छनोट भएका बिरामीहरूलाई काठमाडौंस्थित वि एण्ड वि अस्पताल द्वारा निशुल्क प्लास्टिक सर्जरी सेवा प्रदान गरिनेछ।
बिरामी र एकजना कुरुवाको आउने-जाने यातायात खर्च, बिरामी र कुरुवाको खाने–बस्ने व्यवस्था, आवश्यक सम्पूर्ण स्वास्थ्य परीक्षण खर्च , औषधि तथा शल्यक्रिया निःशुल्क हुने अस्पतालले जनाएको छ ।
स्वास्थ्य समस्याबाट पीडित बिरामीहरूले यस अवसरको उपयोग गरी स्वास्थ्य लाभ लिन सम्बन्धित सबैमा अनुरोध गरिएको छ।