वालिङ १५ वैशाख । वालिङ नगरपालिकाले सुनौला हजार दिनका आमाहरुलाई पोषिलो अहार वितरण गरेको छ । नगरपालिकाका ७ सय ९८ जना आमा लाभान्वित हुनेछन् ।
उक्त कार्यक्रमले आमा र वच्चाको स्वास्थ्यमा सुधार हुने अपेक्षा गरिएको वालिङ नगरपालिकाले जनाएको छ । कार्यक्रममा गर्भवती र सुत्केरी महिलाहरुलाई चना , आयोडिनयुक्त नुन र अण्डा सर्वोत्तम पिठो जस्ता पोषणयुक्त खाद्य सामाग्री वितरण गरिएको छ । यस्तै सरसफाई समाग्री अन्तर्गत साबुन , दन्त मन्जन , ब्रस लगाएतका सामाग्री वितरण गरिएको हो ।
नवजात शिशुको शारीरिक , मानसिक र बौद्धिक विकासमा सहयोग गर्न यो कार्यक्रम संचालन गरिएको नगर उपप्रमुख कविता तिवारी गैह्रेले जानकारी दिईन ।
वालिङ १४ स्थित थुमपोखरा स्वास्थ्य चौकीमा आयोजित पोषिलो अहार वितरण कार्यक्रममा बोल्दै तिवारीले स्मार्ट नगर बन्न स्मार्ट नागरिक आवश्यक रहेको भन्दै यो कार्यक्रम संचालन गरिएको बताईन ।