स्याङ्जा १५ फागुन । रेविज रोगको लक्षण देखिएका कारण उपचार गराइरहेको जनावर किनबेच गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
संक्रामक रोग फैलाउन नहुने कसुर गरेको भन्दै दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिप्रसाद पौडेलले जानकारी दिए।
वालिङ नगरपालिका-५ बस्ने ५५ वर्षीय राजेन्द्र केसी र वडा ८ का ५० वर्षीय शंसुदिन मियाँ पक्राउ परेका हुन्। उनीहरू गत मंगलबार पक्राउ परेका हुन्। उनीहरू वडा प्रहरी कार्यालय वालिङमा प्रहरी हिरासतमा रहेका छन् ।
डिएसपी पौडेलका अनुसार राजेन्द्र केसीले रेबिज लागेका घरपालुवा जनावर बेच्दैछ भन्ने सूचना प्रहरीले पाएपछि उनिहरूको खोजि गर्ने क्रममा मृत भैंसी सहित उनीहरू फेला परेका थिए ।