हिमदुत १३ फागुन ।
पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो कुल देवताको मन्दिरमा पूजा आरधना गरेका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिकास्थित शाहवंशिय कुलदेवता रहेको आलमदेवी मन्दिरमा शाहले मङ्गलबार पूजापाठ गर्नुका साथै प्रसाद ग्रहण गरेका हुन् ।
नेपालमा गणतन्त्र आएपछि पहिलो पटक तत्कालिन राजा शाह कुलपूजाका लागि आलमदेवी मन्दिरमा आएको सचिवालयले जनाएको छ ।
केही दिनदेखि पोखरा बस्दै आएका शाह सोमबार साँझ स्याङ्जाको वालिङ स्थित होटल भेनसमा बास बसेका थिए । पूर्व राजपरिवारका सदस्यहरु आफ्नो कुल मन्दिरमा नियमित पूजापाठका लागि पुग्ने गरेको कालीगण्डकी गाउँपालिका–४ का वडा अध्यक्ष यादवप्रसाद पाण्डेले जानकारी दिए ।
पूर्व राजा शाह पुजाआरधना गरेपछि पोखरा फिर्ता भएका छन् । शाहले विभिन्न ठाँउमा आफ्ना समर्थकवाट फूल