स्याङ्जा ११ फागुन । नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनि लिमिटेडको ३८ ओैं वार्षिक उत्सवको अवसरमा स्याङ्जा जिल्लामा सामाजिक उत्तरदायीत्व अन्तरगत अमोर सेवा नेपालद्वारा सन्चालित बालगृहमा आर्थिक सहयोग गरेको छ ।
शाखा कार्यलय वालिङले कम्पनिकाे ३८ ओैं वार्षिकोत्सवकाे अवसरमा फेदिखाेला गाँउपालिका वाड नं १ मा रहेको वालगृहमा शाखा प्रमुख दुर्गादत्त पाैडेलले एक कार्यक्रमका विच अमोर सेवा नेपालका अध्यक्ष कमला पराजुलीलाई रू १२ हजार नगद सहयोग हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बालगृहका संस्थापक अध्यक्ष कमला पराजुलीले सहयोगी मन भएकाहरुको सहयोगबाटै बालगृह सञ्चालन भइरहेको जानकारी दिइन् ।
सामाजिक अभियन्ता पराजुलीले करिब डेढ दशकअघि स्थापना गरेको बालगृहमा अहिले ३८ बालबालिका छन् । अविवाहित पराजुलीले बालबालिकाकै हेरचाह र भरण पोषणमै जीवन समर्पित गरेकी छन् ।