स्याङ्जा, मंसिर ४ : शिक्षा, स्वास्थ्य, रोजगार तथा खेलकुदको क्षेत्रमा सक्रिय रहँदै आएको खुमा अर्याल फाउण्डेसनले स्याङ्जामा ३ नेपाली महिला क्रिकेटरलाई जनही एक एक लाख नगद सहित सहित सम्मान गर्ने भएको छ ।
युएईमा भएकाे यू-१९ टि-२० महिला विश्वकपकाे एसिया छनोटको उपाधि विजेता एवं सन् २०२५ मा मलेसियामा हुने विश्वकप खेलमा पुग्ने नेपाली टिमका स्याङ्जाका ३ क्रिकेटरलाई फाउन्डेसनले जनही एक लाख नगदसहित सम्मान गर्ने निर्णय गरिएको सस्थाका सचिव ध्रुब शर्माले जानकारी दिए।
स्याङ्जा पुतलीबजार नगरपालिका १ का ज्योत्सिना मरासिनी, १३ का सीमाना के।सी।, कुसुम गोदारलाई साथै स्याङ्जा जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर थापा लाई पनि सम्मान गरिनेछ।
फाउन्डेसनले आफ्नो स्थापना दिवसको अवसरमा यहि मंसिर ५ गते उक्त सम्मान कार्यक्रम गर्ने भएको हो। फाउण्डेशनले सोही अवसरमा भीरकोट ७ वलमाटामा बृहत् स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ । विशेषज्ञ चिकित्सकहरूद्वारा स्वास्थ्य परिक्षणका लागि गण्डकी मेडिकल कलेज पोखरा र रक्तदानका लागि रेडक्रस स्याङ्जाले सहयोग गरेको फाउण्डेशनले जनाएको छ ।