वालिङ २ भदौ । प्रभु महालक्ष्मी लाईफ इन्सोरेन्स लि वालिङले मृत्यू दावी भुक्तानी वापतको ६ लाख ५० हजार विमितको घरमै पुगेर हस्तान्तरण गरिएको छ । पुतली वजार नगरपालिका १३ का भुपराज तिवारीको हृदयघातका कारण निधन भएपछि उनका परिवारले विमा वापतको भुक्तानी दावी गरेका थिए ।
६ लाख ५० हजारको आफ्नो दुई जना बच्चालाई हकवाला राखी चमत्कारी हेरचाह जीवन बीमा खरिद गरेका तिवारीको मृत्यू पछि परिवारलाई पोलिसी नियम अनुसार ६ लाख ५० हजार रूपैयाको चेक हस्तान्तरण गरिएको ईन्सोरेन्स शाखा प्रमुख संगिता श्रेष्ठले वताईन ।
कार्यालयका अनुसार वाँकी अवधीको त्रैमासिक बच्चाको नाममा १६ हजार २ सय ५० बीमा अवधिभर र बीमा अवधि पूरा भए पछि पुन : ७ लाख ८२ हजार ६ सय गरी २२ लाख ८२ हजार ६ सय भुक्तानी हुने कार्यालय प्रमुख संगीता श्रेष्ठले वताईन ।