स्याङ्जा, २१ जेठ ।
घरमा गाई भैसीलाई घाँस काट्न पाखुरीको रुखमा चढेका स्याङ्जा विरुवाका विमल शर्मा त्यही रुखवाट खसेर मेरुदण्ड भाँचियो। घटना यही जेठ ८ गतेको हो विमल अहिले उपचारकालागि पोखरा स्थित मनिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत छन् ।
विमलका वुवा विष्णुप्रसाद शर्मा समेत विरामीका कारण चितवनमा छन् । आमा संगै गाँउमा रहेका विमल आमाको शाहारामा गाँउमा वस्दै आएका थिए । अचानाक दुर्घटनामा परेपछि आमा र आफन्तको साहारामा अस्पतालमा उपचाररत विमलको उपचारकै क्रममा झण्डै ३ लाख खर्च भइसकेको छ ।
आर्थिक अवस्था कमजोर रहेका विमल १९ वर्षका हुन । उनले नेपालको नागरिकता लिएका थिएनन् । नागरिकता नभएकै कारण उनलाई मेरुदण्ड सम्वन्धी रोगको उपचार गर्न नेपाल सरकारले दिने सुविधावाट वञ्चित हुने भएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जामा उनका आफन्त मार्फत जानकारी गराए । उनी नागरिकता प्राप्त गर्न जिल्ला प्रशासन कार्यालय सम्म पुग्न नसक्ने भएपछि जिल्ला प्रशासन कार्यालयले अस्पतालमै पुगेर नागरिकता प्रदान गरेको छ ।
आईतवार जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत संयोग भट्टराई सहितको नागरिकता टोली अस्पताल पुगेर विमललाई नागरिकता दिइएको भट्टराईले जानकारी दिए । उनले भने ‘नागरिकता सबै प्रकारका सुविधा पाउने प्रवेश विन्दू हो।,’ प्रशासन जनताप्रति जिम्मेवार हुनुपर्छ त्यही अनुरुप विमलले पाउने सुविधा नागरिकता नभएकै कारण वञ्चित हुन नपरोस भनेर जिल्लावाट पोखरा अस्पतालमै आएर नागरिकता प्रदान गरिएको अधिकृत भट्टराईले जानकारी दिए ।
आर्थिक समस्या एकातिर अर्कोतिर छोराको स्वास्थ्य अवस्थावाट पीडित विमलकी आमा याममाया शर्मा छोराले अस्पतालकै वेडमा नागरिकता पाएपछि थोरै भएपनि नेपाल सरकारवाट पाउने सुविधा प्राप्त गर्ने भएपछि राहत महशुस गरेकी छन् । उनले विरामी छोरालाई नागरिकता दिन आउने प्रशासकीय अधिकृत सहितको टोलीलाई धन्यवाद समेत व्यक्त गरेकी छन् ।