वालिङ स्थित नेपाल आदर्श उच्च मा.वि. वाट यसवर्षको एसईईमा सहभागी विद्यार्थीहरू ।
स्याङ्जा-१५ चैत्र । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा स्याङ्जाबाट चार हजार एक सय २४ जना विद्यार्थी सहभागी भएका छन् ।
चैत १५ गतेदेखि सुरु भई २७ गते सम्पन्न हुने परिक्षामा स्याङ्जाबाट साधारण तर्फ नियमित तिन हजार नौ सय ८ जना, प्राविधिकतर्फ एक सय ५६ जना, ग्रेड वृद्धि ६० जना गरी ४ हजार एक सय २४ जना विद्यार्थी सहभागी हुने जिल्ला शिक्षा समन्वय ईकाई स्याङ्जाले जनाएको छ । जिल्लामा २६ ओटा परिक्षाकेन्द्रहरु तोकिएको छ ।
परिक्षा केन्द्र तोकिएका विद्यालयका प्रअ वा प्रअले खटाएका व्यक्ति नै सम्बन्धीत परिक्षा केन्द्रको केन्द्राध्यक्ष हुनेछन् । एसईई आउन एकसाता बाँकी रहँदा उत्तर पुस्तिकाहरु सबै पालिकामा पुगी सकेकाे थियो ।
परिक्षा केन्द्रमा ४ जनाका दरले सुरक्षाकर्मी परिचालित हुनेछन् । परिक्षा विहान ८ देखि ११ बजेसम्म संचालन हुनेछ । एसईईको पहिलो दिन चैत्र १५ गते अनिवार्य अंग्रेजी विषयको परिक्षा हुनेछ । परिक्षा चैत्र २७ गते परिक्षा सकिनेछ ।