क्षयरोग एक प्रकारको ब्याक्टेरियाबाट हुने रोग हो । क्षयरोग लागेको व्यक्ति जसले औषधी खान शुरु गरेको छैन त्यस्ता व्यक्तिले खोक्दा हाच्छिउँ गर्दा हावाको माध्यमबाट किटाणुहरु अर्को निरोगी व्यक्तिमा सर्ने सरुवा रोग हो । यो रोग छिट्टै तथा सजिलैसंग फैलने रोग मात्र नभै एउटा प्राण घातक रोग पनि हो तर नियमित औषधी सेवन तथा उपचारबाट यो रोग निको हुन्छ ।
क्षयरोग मुख्य दुई प्रकारको हुन्छ ।
क. फोक्सोमा लाग्ने क्षयरोग
खकारमा किटाणु देखापर्ने ( Sputum Positive )
खकारमा किटाणु देखा नपर्ने ( Sputum Negative )
ख. फोक्सो भन्दा वाहिर लाग्ने क्षयरोग
क्षयरोगका विरामीहरूमा निम्नलिखित लक्षणहरू देखिन्छनः
– दुइ हप्ता भन्दा वढीसम्म निरन्तर खोकी लाग्ने
– वेलुकी पख हल्का ज्वरो आउने, खान मन नलाग्ने
– फोक्सो बाहेक अन्य भागमा भए उक्त ठा‘उमा दुख्ने, छुदा दुख्ने, सुनीने आदि
– छाती दुख्ने खकारमा रगत देखिने
– कमजोर हुदै जाने र राती पसीना आउने
फोक्सो बाहेक अन्य भागमा भए उल्लेखित लक्षणहरुका साथै सम्वन्धित प्रणाली वा अंगका लक्षणहरु समेत देखा पर्न सक्छन । जस्तै पेटको क्षयरोग भएमा पेट फुल्ने, अपच हुने र कब्जीयत तथा पखाला लाग्ने आदि
क्षयरोगका लक्षण देखिनासाथ चाँडै स्वास्थ्य संस्थामा गई जचाउने र रोग पत्ता लाग्नासाथ नियमित रुपले स्वास्थ्य संस्थामा गई पूरा समयसम्म नविराई औषधी खाने । क्षयरोग सजिलैसंग फैलिन सक्ने सरुवा रोग भएकोले क्षयरोगका विरामीबाट रोग नसरोस् भन्नाका लागि विरामीले हाछिँयु गर्दा, खोक्दा वा बस्दा विशेष सतर्कता अपनाउनु पर्छ र रोगीले आफैंले पनि रोग अरुलाई नफैलियोस भनेर उक्त कुरामा सावधानी अपनाउनु पर्छ ।
क्षयरोगका विरामीले निम्नलिखित कुराहरूमा विशेष सावधानी अपनाउनुपर्छ
सरुवा रोगहरु ( Communicable Diseases )
क्षयरोग ( Tuberculosis )
क्षयरोगको उपचार गर्न सकिन्छ, यदि कसैलाई क्षयरोग लागेको शंका भएमा वा माथिका लक्षणहरू देखा परेमासकेसम्म नजिकैको स्वास्थ्य संस्थामा गएर परीक्षण तथा उपचार गराउनुपर्छ । क्षरोगको औषधि स्वास्थ्य संस्थामा निशुल्क पाइन्छ ।
क्षयरोग भएमा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा नियमित औषधि खानु पर्छ । क्षयरोगको औषधि खान थाले पछि बीच बीचमा औषधि खान छाड्दा यो रोग निको हुदैन र झ्न जटिल भएर जान्छ । त्यसैले औषधि नियमित रुपमा खानु पर्छ । गर्भावस्था तथा सुत्केरी अवस्थामा पनि क्षयरोगको औषधि प्रयोग गर्दा कुनै हानी हुदैन ।
क्षयरोगको औषधी खान लापरवाही गरेमा वा तौल अनुसारको मात्रा नपुगेको औषधी खाएमा, गुणस्तरहीन औषधी खाएमा क्षयरोगका किटाणुले उक्त औषधीलाई पचाउँछन् जसले गर्दा पुनः त्यो औषधी दिएमा काम गर्दैन र रोग निको हुँदैन । यस्तो खालको रोगलाई जिर्ण क्षयरोग (Multif\ Drug Resistant TB) भनिन्छ । यस्तो अवस्थामा रोग निको हुने सम्भावना कम हुँदै जाने भएकोले यो अवस्थामा आउन नदिन विरामीलाई नियमित रुपले औषधी खुवाउन समाजका हरेक व्यक्तिले सहयोग गर्नुपर्दछ ।
यदि समुदायका हरेक व्यक्तिले क्षयरोगको रोकथाम तथा उपचार वारे उचित जानकारी पाएमा र सो वाट बच्ने उपायहरुलाई आफ्नो व्यवहारमा प्रयोग गरेमा यो रोग फैलिन र मानिसको मृत्यु हुने सम्भावनालाई धेरै कम गर्न सकिन्छ ।
बच्चा जन्मेदेखि जति सक्दो चा‘डो १ महिना भित्र क्षयरोगवाट बच्न बि.सी.जी.को खोप एक पटक लगाउनु पर्छ । यदि क्षयरोगको बारेमा अरु जानकारी लिन चाहेमा महिला स्वास्थ्य स्वयंसेविका अथवा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु पर्छ ।
एच.आई.भी. पोजेटिभ भएका व्यक्तिमा क्षयरोग लाग्ने सम्भावना धेरै हुन्छ, त्यसैले त्यस्ता व्यक्तिले नियमित खकार जाँच गराउनुपर्छ ।
खकारमा किटाणु भएका विरामीले २ महिनासम्म नियमित औषधी खाएमा रोग सर्ने सम्भावना ज्यादै न्यून हुन्छ । तर रोग पूर्णरुपमा निको हुन पूरा मात्रामा औषधी खानु पर्दछ ।
शुरुको अवस्थामा रोग पत्ता लागेको क्षयरोगका विरामीले ६ महिनासम्म नियमित औषधी खानुपर्छ भने रोग बल्झिएर पुनः औषधी खान थालेका विरामीले ९ महिनासम्म औषधी खानुपर्छ ।