वालिङ- २४ पौष । गण्डकी प्रदेशकै दोस्रो ठूलो महोत्सवको पहिचान वोकेको वालिङ महोत्सव आगामी माघ १८ गतेदेखि आठौं संस्करणको रुपमा वालिङ स्थित खेलमैदानमा सुरु हुदैछ ।
महोत्सवको तयारी तिव्ररूपमा अगाडि वढाइएको महोत्सव मुल आयोजक समितीका संयोजक वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिए ।
वालिङ उद्योग वाणिज्य संघ, वालिङ नगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त अयोजनामा ’हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने नाराका साथ सन्चालन हुने वालिङ महोत्सव १० दिन सम्म सन्चालन हुने महोत्सवका लागि स्थानीय सरकार वालिङ नगरपालिका र जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अनुमती प्रदान गरेको छ ।
दस दिन सम्म चल्ने महोत्सवका लागि स्थानीयवासीका लागि स्थायी पास वितरणको काम आजवाट सुरू गरिएको संघकी वरिष्ठ उपाध्यक्ष अनुपमा तिवारीले जानकारी दिईन । महोत्सव अवधिभर महोत्सव स्थल प्रवेशका लागि रू ५०० मा व्यक्तिगत स्थायी पासको व्यवस्था गरिएको र सोही पासका लागि घरदैलो अभियान सुरू गरिएको तिवारीले जानकारी दिइन् ।
महोत्सवमा वालिङ उद्योग वाणिज्य संघका सदस्यलाई निशुल्क पासको व्यवस्था गरिएको छ । त्यसका लागि आफ्नो व्यवसायिक फर्मको नविकरण भने भएको हुनुपर्ने आयोजकले जानकारी दिएका छन् ।
महोत्सवको प्रचार प्रसारको काम पनि तिव्ररूपमा अगाडि वढाईने प्रचार प्रसार संयोजक पिताम्वर खनालले जानकारी दिए । पहिलो चरणमा उपसमितीलाई पुर्णता दिने त्यसपछि गण्डकी प्रदेशभर व्यानर, निमन्त्रणा र संचारमाध्यमवाट प्रकाशन तथा प्रशारणको कामलाई अगाडि वढाउने उनले जानकारी दिए ।