वालिङ २३ भदौ ।
वालिङ नगरपालिकाले अगाडि वढाएका नगर गौरवका योजना सहित बृहत् नगर विकासको सन्दर्भमा विज्ञ टोली सहित वालिङमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।
नगरपालिकाको वर्तमान अवस्था र भावी गन्तव्य विषयक अन्तरकृया कार्यक्रममा नगरपालिकाले विभिन्न क्षेत्रमा लामो समय अनुभव बटुलेका राजीनितिक नेतृत्व, कर्मचारी, विषय विज्ञहरुलाई वालिङमा आमन्त्रण गरी सामूहिक छलफल गरेको हो ।
उक्त कार्यक्रममा नेपाल सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले विकासमा निर्माणमा सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । राजनीतिकै कारण विकास ठप्प हुने गरेका कारणले विकासका नाममा राजनीति नगर्न सवैलाई सुझाव दिए ।
मन्त्री गुरूङले तीनवटै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको भावना अनुरुप काम गर्न आफु प्रतिवद्ध रहेको बताए । निर्वाचनका बेला मतदातामाझ गरेका प्रतिवद्धताहरुलाई पाँच वर्षको अवधिसम्ममा पूरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने स्याङ्जाको लाईफ लाइनको रूपमा रहेको सिद्धार्थ राजमार्ग विस्तारको योजना पहिलो प्राथमिकतामा राखेको वताए ।
कार्यक्रममा गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले समाज रुपान्तरण गर्ने दायित्वकासाथ निरन्तर लागिरहेको बताएकि छन् । उनले केन्द्र सरकार र स्थानीय सरकारसँग समन्वय गर्दै विकासका गतिविधिहरु नागरिकले महशुस हुने गरी काम गर्ने दावी गरिन।
गण्डकी प्रदेश सभा सदस्य भोजराज अर्यालले दलगत स्वार्थ भन्दा माथि उठेर विकास निर्माणमा सहभागी हुनुपर्ने बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका निवर्तमान सदस्य मोहनप्रसाद रेग्मी, निवर्तमान नगरप्रमुख दिलीपप्रताप खांँण, कृषि मन्त्रालयका सहसचिव जगन्नाथ तिवारी, सिटिईभिटीका पूर्व प्रमुख अग्निप्रसाद काफ्ले, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी प्रमुख त्रिलोचन पंगेनी, कृषि विज्ञ टेकप्रसाद लुईटेल, काठमाडौं विश्व विद्यालयका प्राध्यापक डाक्टर दिपक सुवेदी, नेपाल टेलिभिजनका प्रधान सम्पादक शालिक सुवेदी, लेखनाथ पाण्डे, नेपाली सेनाका पूर्व रथी पवनबहादुर पांडे, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, नेपाली कांग्रेस स्याङ्जाका कार्यवहाक सभापति केदार काफ्ले, नेकपा एमाले वालिङ नगर अध्यक्ष शोभाकान्त पौडेल, माओवादी केन्द्रका प्रकाश न्यौपाने, राप्रपाका युक्तप्रसाद तिवारी, एकीकृत समाजवादीका जगदिशप्रसाद गैह्रे, राष्ट्रिय जनमोर्चाका राजेन्द्रप्रसाद गैह्रे, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ, नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, गरिमा विकास बैंक लिमिटेडका कम्पनी सचिव माधवप्रसाद उपाध्याय, स्त्री रोग विशेषज्ञ डाक्टर गिरीधारी शर्मा, संस्कृतिविद नारायणप्रसाद भण्डारी, दलित संघका लिलबहादुर रनपाल लगायतले आ–आफ्ना सुझाव दिएका थिए ।
वालिङको विकासकालागि नगरपालिकाले मात्रै नभई यहाँका नागरिकहरुसँग भएका अमूल्य अनुभवहरु, सल्लाह सुझावहरुलाई ग्रहण गरी आगामी दिनमा योजना बनाउन सकियोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख कृष्ण खाँणले बताए । नगरको विकासमा सबैको भावनालाई समेटेर सामूहिक ढंगबाट छलफल गर्नकालागि अन्तरक्रियाले महत्वपूर्ण टेवा पुगेको विश्वास लिएकाे वताए ।
कार्यक्रममा उपप्रमुख कविता तिवारीले आफुहरू नगरको विकासमा उत्साहित भएर लागेको वताईन । नगरको विकासमा नगरवासीको सकारात्मक सुझाव र सहयोग आवश्यक रहेको उनले वताईन् । कार्यक्रम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले गरेका थिए