वालिङ- ५ असार । स्याङ्जाको वालिङ नगरपालिकामा एक महिला माथि चक्कु प्रहार भएको छ । वालिङ् नगरपालिका वडा न.३ घर भई वालिङ्-९ सातधारे नजिकै डेरा गरि बस्ने ३८ वर्षीय पेन माया गुरुङलाई छिमेकी ३० वर्षीय पुरुष प्रेम बहादुर कुँवरले धारिलो हतियार चक्कु प्रहार गरि गम्भीर घाइते बनाएका थिए ।
घाइते गुरुङलाई थप उपचारका लागि पोखरा पठाईएको छ भने चक्कु प्रहार गर्ने कुंवरलाई प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ । घटनाको कारण भने खुलेको छैन ।