वालिङ- १७ जेठ ।
सल्यक्रियावाट बच्चा जन्माउनु पर्ने गर्भवती महिलाको लागि अब वालिङवाटै सेवा पाउने भएका छन् ।
वालिङ स्थित गह्रौं प्राथमिक अस्पतालमा मंगलबार पहिलोपटक एक जना गर्भवतीको आकस्मिक सल्यक्रिया गरेर बच्चा जन्माईएको छ । उनको आकस्मिक सल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो ।
डा। नारायणबहादुर गोदार, डा। सुरज ढकाल लगायतको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको समूहले सल्यक्रिया गरेको थियो । अहिले आमा र बच्चा दुबैको अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ ।
वालिङ नगरपालिकाका र आसपासका क्षेत्रहरूवाट सल्यक्रियावाट वच्चा जन्माउन पोखरा तथा पाल्पा पुग्नु पर्ने वाध्यता रहेको थियो । जसका कारण धेरै गर्भवती महिलाको समयमै सल्यक्रिया नहुँदा आमा र वच्चाको ज्यान जोखिममा पर्दै आएको थियो ।
वालिङवासीको स्वास्थ्य संवेदनशिलतालाई मध्य नजर गर्दै सल्यक्रिया सेवा आफ्नो पहिलो निर्वाचनको एजेण्डा रहेको वताउदै वालिङ नगर प्रमुख कृष्ण खाँणले भने आफ्नै आँगनको अस्पतालमा सल्यक्रिया मार्फत वच्चा जन्माउदा आमा र वच्चाको ज्यान सुरक्षित हुनेमा आफू विश्वस्त रहेको वताए ।
अस्पतालमा मंगलबारदेखि अन्य थप अत्यावश्यक शल्यक्रिया हाइड्रोसिल, हर्निया र एपन्डिक्सको पनि सेवा सुरू गरिने अस्पतालका अध्यक्ष दिलिप प्रताप खाँणले जानकारी दिए ।