स्याङ्जा १६ वैशाख । स्याङ्जाको वृहत्तर विकासको लागि सिद्धार्थ राजमार्ग विस्तार हुनुपर्ने प्रदेश सांसद महेश भट्टराईले वताएका छन् ।
शनिबार स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.३ स्थित गल्याङ उद्योग वाणिज्य संघको दोस्रो साधारण सभा तथा अधिबेशनको उद्घाटन गर्दै उनले यातायातको पहुँचलाई प्रभावकारी बनाउन सके मात्रै स्याङ्जाको भविष्य उज्वल हुने वताएका छन् ।
वि.स. २०२६÷२७ सालमा खनिएको राजमार्ग अहिले पनि यथाबत रहेको र समयानुकुल ठूला सवारी साधन सञ्चालनमा समस्या भएकाले स्याङ्जाका ठूला व्यापारीक केन्द्रमा दैनिकी उपभोग्य बस्तु ध्वानीमा समस्या देखिएकोले यहाँका व्यापारी विस्थापित हुनुपर्ने परिस्थिती आएकोले नेपाल सरकारले समयमै ध्यान नदिने हो भने जिल्लाकै व्यापार व्यवसाय ठप्प व्यापारी पलायन हुने समस्या वढ्दै जाने साँसद भट्टराइले वताए ।
भर्खरै गण्डकी प्रदेश सरकारको लिफ्टिङ खानेपानीको विद्युत महशुलमा निःशुल्क गर्ने पहिलो निर्णय स्वागतयोग्य निर्णय रहेको यसका लागि हामिले सुरुदेखि उठाएको विषय रहेको वताउदै अवको प्रदेश सरकारको योजना जनतामुखि योजना आउने जानकारी दिए ।
व्यापारीहरुको धेरै गुनासोहरु आएकाले उहाँहरुको समस्याको पहिचान गरेर समस्या समाधानका पक्षमा आफूले आवाज उठाउने र कसरी हुन्छ नीजि क्षेत्रसंग हातेमालो गरेर विकास निर्माण अभियानमा जोडिने प्रतिबन्धता पनि व्यक्त गरेका छन् ।
कार्यक्रममा गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले विश्व अर्थ व्यवस्थामा देखिएको कमजोरी पार्ने असर र कमजोरीहरुको समस्या समाधान गरेर स्थानीय स्तरमा उत्पादन गरेर त्यसको बिक्री वितरण गरेर आम्दानी गर्नु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष अमृत भट्टचन, गरिमा विकास बैंकका अध्यक्ष श्याम प्रसाद बस्याल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य शोभाकान्त पौडेल, पर्यटन तथा घरेलु उद्योग मन्त्रालय स्याङ्जाका प्रमुख ठाकुर प्रदास ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश कोषाध्यक्ष नबराज सुबेदी, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, नेकपा एमाले गल्याङ नगर कमिटी सचिव राजेन्द्र देब खनाल, नेकपा माओबादी गल्याङ नगर कमिटी अध्यक्ष चित्र बहादुर राना,गल्याङ नगरपालिका वडा नं.१ का वडाअध्यक्ष मणि प्रसाद बस्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संघका अध्यक्ष यज्ञ प्रसाद अर्यालले अधयक्षको प्रतिबेदन र संस्थाका कोषाध्यक्ष बलराम श्रेष्ठले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञ प्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष इन्द्र प्रसाद अधिकारीले कार्यक्रमको सञ्चालन महासचिव कृष्ण प्रसाद भट्टराईले गर्नु भएके थियो ।